३० आश्विन २०८३, शुक्रबार

हवाई आक्रमणमा आईतबार ४५ आंतककारी मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fiter-Bimanलासकार घा (अफगानिस्तान), ६ मङ्सिर । अफगानिस्तानको दक्षिण प्रान्त हेलमान्डमा भएको एक हवाई आक्रमणमा कम्तीमा ४५ तालिवान आतङ्ककारीको मृत्यु भएको समाचार छ ।

प्रहरी स्रोतले आइतबार सो जानकारी दिएको छ । हेलमान्ड प्रान्तको सङ्गीन जिल्लाको चोगहाक इलाकामा आतङ्ककारीको अखडालाई लक्ष्यगरी सो हवाई आक्रमण भएको थियो ।

यस आक्रमणमा ४५ जना सशस्त्र आतङ्ककारी माएिको प्रान्तीय प्रहरी विभागका प्रवक्ता साह मोहमुद असिनाले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।

यस आक्रमणमा अज्ञात सङ्ख्या आतङ्ककारी घाइते भएका पनि असिनाले थप जानकारी दिनुभएको छ । हेलमान्ड प्रान्त तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्रको रुपमा रहेको छ ।

अफगानिस्तानमा युद्धरत तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको विषयलाई केही टिप्पणी गरेका छैनन । रासस/सिन्ह्वा