काठमाडौं, ६ मंसिर । आगामी महिनादेखि भारतमा हुन लागेको साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा पाकिस्तानले भाग नलिने घोषणा गरेको छ ।
शनिबार पाकिस्तान फुटबल फेडेरेशन (पीएफफ)ले साफका महासचिवलाई प्रतियोगिताबाट नाम फिर्ता लिएको जानकारी समेत गराएको छ । द डेलिस्टारसँग कुराकानी गर्दै साफ महासचिवले भनेका छन्- ‘पीएफफले साफ च्याम्पियनसीप नखेल्ने र टीम फिर्ता लिएकोबारे पठाएको इमेल मैले पाएको छु । अब सात टिमले मात्रै खेल्ने छन् ।’
पाकिस्तानले पछिल्लो समय एएफसी र साफ प्रतियोगिताहरु खेलेको छैन । उसले साफ यू–१६, यू–१९ र यू–२१ समेत खेलेन । साफ च्याम्पियनसिप यो वर्ष सुजुकी साफ कपको नामबाट डिसेम्बर २३ देखि जनवरी ३ सम्म भारतको केरलामा हुँदैछ ।
पाकिस्तानले नाम फिर्ता लिएपछि अब सात टीमले मात्र खेल्नेछन् । जसमा नेपाल, भारत र श्रीलंका समूह एमा छन् भने समूह बीमा अफगानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।















प्रतिक्रिया