३० आश्विन २०८३, शुक्रबार

विश्व टेलिभिजन दिवसकै दिन टिभी पत्रकार मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

reporter

दमाकस (सिरिया), ५ मङ्सिर । सेनाले इस्लामिक स्टेट(आइएस) लडाकुविरुद्ध सञ्चालन गरिरहेको सुरक्षा कारबाहीको समाचार सङ्कलन गर्ने सिलसिलामा सिरियाको मध्यक्षेत्रमा अवस्थित होम्स प्रान्तमा यहाँका एक पत्रकार मारिएका छन् ।

सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाका अनुसार ३८ वर्षीय युद्ध संवाददाता वासिम अल नुकारीको शनिबार समाचार सङ्कलन गर्ने सिलसिलामा निधन भएको छ ।

अलनुकारीले सिरियाली टेलिभिजनका लागि लामा समयदेखीे काम गर्नुभएको थियो । उहाँ हालै सेनाद्वारा सञ्चालित समाचार संस्थाका लागि काम सुरु गर्नुभएको थियो ।

यसैबीच सिरियाली प्रधानमन्त्री बाल अल–हल्कीले शनिबार एक वक्तव्य जारी गर्दै अल नुकारीको मृत्यु सिरियाली सञ्चारमाध्यमका लागि अर्को एक सम्मानको ‘पदक’ भएको बताउनुभएको छ । “सिरियाली सञ्चारमाध्यम सेनाको आतङ्कवाद विरोधी अभियानमा सहयोगि सहयात्री भएको र रहीरहने छ”- प्रधानमन्त्री अल हल्की आफ्नो बताउनुभयो ।

सिरियाको सेनाले पछिल्ला केही दिन दक्षिणपूर्वी प्रान्त होम्सको माहिन र हवारिन गाउँ इलाकामा आइएस विरोधी कारबाहीलाई सञ्चालन गर्दै आएको छ । रासस/एपी