३० आश्विन २०८३, शुक्रबार

नेपाली नर्स प्रसुना कंडेलद्धारा बेलायतमा अर्कै हर्कत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parsuna Kandelलन्डन । बेलायतकी एकजना नेपाली नर्स प्रसुना कंडेल रुल दि रनवे यूके मोडलिङ प्रतियोगितामा छानिएकी छन् ।

तीन अडिसन पार गरेर उनी अन्य २४ जनासहित आगामी फेब्रुअरी २०१६ मा यूकेको बर्मिङ्ममा हुने प्रतियोगिताका लागि छानिएकी हुन् ।

रुल दि रनवे यूकेले संसारभरका मोडल तथा डिजाइनरहरुका लागि प्लेटफार्म प्रदान गर्नेगर्छ ।

यतिखेर उक्त प्रतियोगिताका लागि फेसबुक तथा ट्वीटरमार्फत अनलाइन भोटिङ शुरु भइरहेकाले प्रतिष्पर्धी कंडेलले आफूलाई भोट गरिदिन आग्रह गरेकी छिन् ।

आगामी जनवरी ४ सम्म एउटा व्यक्तिले प्रत्येक दिन भोट गर्न सक्ने कंडेलले जनाइन् । विभिन्न आइपीबाट पनि भोट गर्न सकिनेछ ।

आफ्नो लिंकलाई सामाजिक सञ्जालमा सकेसम्म शेयर गरेर सहयोग गरिदिन उनको अपिल छ । प्रतियोगितामा उपाधि जिते त्यसले नेपाल र नेपालीकै चिनारी हुने विश्वास प्रसुनाले व्यक्त गरेकी छिन् ।

पेशाले नर्स उनी नेपलिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष हुन् । तर, पछिल्लो समय समाजसेवामा उनको संलग्नता बढेर गएको छ ।

भूकम्प लगत्तै उनकै संयोजनमा नेपाली नर्सहरुको टोली सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, लगायत १० जिल्ला पुगेर राहत वितरण तथा उपचारमा संलग्न भएको थियो ।

उनले धादिङ मारपाक गाउंका एक भूकम्प पीडित ९ वर्षीय बालकको जीवनभरको अध्ययन तथा खर्चको जिम्मेवारी लिएकी छिन् ।

नेप्लिज वुमेन एसोसिएसन यूके र नेप्लिज ब्लड डोनर यूकेमा महासचिवको जिम्मेवारी लिइरहेकी उनी केही समयअघिमात्र बेलायतको एउटा अनलाइन पोर्टलको छनोटमा टप टेन भित्र परेकी थिइन् ।

उनले यसअघि पनि बेलायतका विभिन्न मोडलिङ प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् ।

गत वर्ष आयोजित अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्ड देखि सन् २०१२ मा सम्पन्न फेस अफ प्यूरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड समेत हासिल गरिसकेकी छिन् उनले ।

यूकेका विभिन्न वेवसाइट तथा म्यागजिनका लागि फोटोसुट गरिरहने उनले बेलायतमा निर्मित नेपाली चलचित्र यू टर्नमा सह नायिकाको भूमिका समेत गरेकी थिइन् ।

प्रसुना यतिखेर किङडम स्कुल अफ आर्ट्समा थिएटर तथा एक्टिङमा डिप्लो कोर्स गरिरहेकी छन् ।

 ……………….
मलाई माया गर्नु हुने र मेरा शुभ चिन्तकहरु सबैले तलको लिंकमा क्लिक गरेर आगामी ४ जनवरीसम्म भोटिङ गरिदिनुहोला! हरेक दिन भोट ३-४ पटक ,, विभिन्न वाइ फाइ , मोबाइल नेटवर्क बाट छुट्टा छुट्टै भोट गर्न मिल्छ !भोट गरेर शेएर पनि गर्नु होला !http://woobox.com/qx3wsy/gallery/WI3VOUEreXE