३० आश्विन २०८३, शुक्रबार

सर्वाधिक राशीको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आगामी पुसबाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badminton

काठमाडौ, ४ मंसिर । गंगटा युथ क्लबको आयोजनामा आगामि पुस २ गतेदेखि ४ गतेसम्म नेपालकै सर्वाधिक पुरस्कार रासीका तेस्रो खुल्ला नेशनल च्याम्पियनशिप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । क्लबले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको हो ।

राजधानीको अन्नपूर्ण ब्याडमिन्टन एकेडेमि धापासी हाईटमा सञ्चालन हुने प्रतियोगितामा पुरुष जोडी, पुरुष एकल, भेट्रान डबल, मिक्स डबल र १४ वर्ष मुनिको उमेर समूहमा पुरुष एकल गरी पाँच बिधामा खेलाडीहरुलाई प्रतिष्पर्घा गराईने छ ।

प्रतियोगिताको पुरुष जोडीमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ५–५ हजार, पुरुष एकलमा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले ५–५ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन । त्यसैगरी भेट्रान डबलमा पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले ५–५ हजार, मिक्स डबल तर्फ पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले ५–५ हजार, र १४ वर्ष मुनि उमेर समूहको पुरुष एकलमा पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले २–२ हजार रुपैया नगद पुरस्कारसहित प्रमाण पत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा सहभागि हुन पुरुष जोडी तर्फ १५ सय, पुरुष एकल तर्फ ३ हजार, , भेट्रान डबलतर्फ २ हजार, मिक्स डबलतर्फ २ हजार र १४ वर्ष मुनिको उमेर समूहमा पुरुष एकलतर्फ २ हजार रुपैया प्रवेश शुल्क तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा क्लबका सदस्य जीवन मल्लले यूवाहरुलाई दुब्र्यशन नलागी खेलजीवनबाट स्वास्थ हुन प्रेरित गर्ने उद्देश्यले आफूहरुले प्रतियोगिताको आयोजना गर्ने गरेको बताए ।

कार्यक्रम संयोजक वीरबहादुर थापाले राजधानीमा मात्रै आयोजना हुने गरेको प्रतियोगितालाई देशब्यापी बनाउन आगामि बर्षबाट पाँच वटै विकास क्षेत्रमा सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिए ।

सल्लाहकार चीत्रबहादुर केसीले यूवाहरुलाई कुलतबाट मुक्त गर्न आफूहरुले खेलमार्फत अभियान चालेको भन्दै प्रतियोगिताबाट संकलित रकम म्याग्दी जिल्लाका भुकम्प र पहिरो पीडितहरुलाई सहयोग गर्ने बताए ।

उनले क्लबका सदस्यहरुले आफ्नो कमाईबाट निश्चित प्रतिसत गरेको सहयोगले यस पटक क्लबले भुकम्प पीडितहरुलाई ठूलो सहयोग गरेको भन्दै भावी दिनमा समेत यस्तो समाजसेवाको कार्यलाई निरन्तरता दिने बताए ।