काठमाडौं, ४ मंसिर । भारतमा आतंकवादी हमला भएको छ ।
हमलामा परी पाँच जना घाइते भएका छन् । भारतको दक्षिण कश्मीरमा शुक्रबार आतंकवादी हमला भएको हो ।
पुलवामा जिल्लाको श्रीनगर–जम्मू राष्ट्रिय राजमार्गमा सुरक्षा बलमाथि उग्रवादिहरुले ग्रेनेड फालेर हमला गरेका हुन् । जसमा सीआरपीएफका दुई जवानसहित पाँच लोग घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार केही अज्ञात व्यक्तिहरुले राष्ट्रीय राजमार्ग द्रांगबलमा सीआरपीएफको एक दलमाथि ग्रेनेडले हमला गरेको थियो ।
घाइतेको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि भारतीय प्रहरीले आतंकवादी हमला गर्ने उग्रवादीहरुको खोजी गरिरहेको छ । हमलापछि पलुवा जिल्लाका यातायात र बजारहरु बन्द भएका छन् ।
यसअघि श्रीनगरकै कुपवाडामा पनि आतंकवादीहरुले घुसपैठको प्रयास गरेका थिए । जहाँ भारतीय सेनाका कर्नेल सन्तोष महादिक मारिएका थिए । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया