३० आश्विन २०८३, शुक्रबार

होटेलभित्र फिल्मका कार्यक्रम, आधा पेज कि आधा प्येग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aadha page ristaकाठमाडौं । चलचित्र “आधा पेज”को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ ।राजधानीको जमलमा रहेको नेपाली किचनमा बिहीबार चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियको प्रमुख अथितिमा चलचित्रको ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, रीस्ता बस्नेत, रुपेश न्यौपानेले चलचित्र “आधा पेज”एकदमै राम्रो चलचित्र बनेको भन्दै चलचित्र चल्ने कुरामा आफु हरु ढुक्क रहेको बताए ।

चलचित्रका नायक सलोन बस्नेतले आफूले अहिले सम्म गरेको चलचित्र भन्दा यस चलचित्र अलि फरक रहेको भन्दै यस चलचित्रले आफ्नो करियरलाई अझै माथि उठाउने बताए ।

चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार रुपक न्यौपाने चलचित्रको गीत संगीत र बिषय बस्तुले सबैको मन छुने बताए ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले पछिल्लो समय नेपाली चलचित्र फेरी चल्न थालेको भन्दै यस चलचित्र “आधा पेज”लाई पनि सफलताको सुभकामना दिए ।

पुस १० गते बाट प्रदर्शन आउन लागेको चलचित्र “आधा पेज”लाई समुन्द्र भट्टको निर्देशनमा तयार पारिएको हो ।

चलचित्रमा सलोन, रीस्ता, रुपेशको अलावा बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि मूख्य अभिनय रहेको छ ।

रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा लीलाबहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।

रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।

चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेकोछ ।

परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।