३० आश्विन २०८३, शुक्रबार

आईएसका थप ११ लडाकू मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ladaku-IsIकायरो, ३ मङ्सिर । इजिप्टको द्वन्द्वग्रस्त उत्तरी नगर सिनाईमा सैनिकले गरेको कारबाहीमा परी कम्तीमा पनि ११ जना इस्लामिक स्टेट, आईएसका लडाकू मारिएका बताइएको छ ।

दुई दिनयता इजिप्टेली सैनिकको नेतृत्वमा रहेको प्रहरी बलसमेतको सुरक्षा निकायको संयुक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस) का ती लडाकू मारिएका बताइएको हो ।

प्रहरीमाथि पनि आक्रमण भएको र सो आक्रमणमा परी केही प्रहरी पनि घाइते भएका छन् । आतङ्ककारीबीच भएको झडपको क्रममा आईएसका अरू केही लडाकू घाइते भएका छन् ।

इजिप्टको सरकारद्वारा सञ्चालित समाचार समिति मेनाले बिहीबार सो जानकारी दिएको छ । सो संयुक्त बलले कैयौँ विस्फोटक पदार्थ निष्क्रिय पार्नुको साथै उक्त प्रान्तबाट १५ जना संदिग्ध आतङ्ककारी पक्राउसमेत गरेको छ ।

सो प्रहरी बलले विभिन्न भागमा लुकाएर राखिएका सात टन विस्फोटक पदार्थसमेत ध्वस्त गरेको जनाइएको छ । गत सेप्टेबरबाट उत्तरी सिनाईमा इजेप्टेली सैनिकले आतङ्ककारीविरुद्ध कारबाही सुरु गरेका छन् ।

सिनाईमा राज्यविरुद्ध आक्रमण गर्ने कैयाँैं आतङ्ककारी इस्लामिस्क स्टेट आईएस आतङ्ककारीसँग आवद्ध लडाकूहरु रहेका जनाइएको छ । रासस/सिन्ह्वा