१ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिम महोत्सव मङ्सिर २२ गतेदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahotsabधनगढी, ३ मङ्सिर । कैलाली उद्योग वाणिज्य सङ्घले यहां आयोेजना गर्ने सुदूरपश्चिम महोत्सवको तयारी सुरु गरेको छ ।

आज पत्रकार सम्मेलन गरी सङ्घले महोत्सवको तयारीस्वरुप विभिन्न तयारी समिति गठन गर्न थालिएको जनाएको हो ।

सङ्घका अध्यक्ष शङ्कर बोगटीले यही मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सव आयोजना गरिने बताउनुभयो । महोत्सवमा बहुराष्ट्रिय कम्पनीदेखि स्थानीयस्तरमा उत्पादित कृषि उपजसहितका स्टल रहने सो अवसरमा जानकारी दिइयो । रासस