१ कार्तिक २०८३, शनिबार

‘आईएमई बचत दश लाख’ योजनाका बम्पर उपहार विजेता घोषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ime-bachat (1)

काठमाडौं, ३ मंसिर । रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले यस वर्षका महान पर्व विजयादशमी तथा शुभ–दीपावली लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना ‘आईएमई बचत दश लाख’ को नतिजा आज सार्वजनिक गरेको छ ।

यस योजनाको सर्वाधिक आकर्षक मानिएको उपहारमा यस अवधिका कुल सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेरका माघ्यमबाट भाग्यशाली बिजेता ट्रान्जेक्शन नम्बर ९०६७८५७१३१० का ब्रिजेश कुमार यादव घोषित हुनुभएको छ ।

आईएमईका कार्यकारी अध्यक्ष चन्द्र ढकाल, कार्यकारी निर्देशक हेम राज ढकाल (रामु) र ब्राण्ड एम्बासडरद्धय दीपकराज गिरी–दीपाश्री निरौलाले संचारकर्मी तथा कार्यालयका कर्मचारीको उपस्थितीमा अध्यक्ष ढकालले आज होटल अन्नपूर्णमा आयोजित समाहोरका बीच सफ्टवेयरमा आधारित पद्वतिबाट बम्पर लक्की ‘ड्र’ घोषित गर्नुभएको हो ।

बिजेता यादवले आईएमईको अन्तर्राष्ट्रिय संजाल अन्तर्गत मलेशियाबाट कात्तिक २४ गते पठाएको पैसा नेपालस्थित आईएमईको ब्यावसायिक साझेदार वेस्टर्न डेभलप्मेन्ट बैंकको चन्द्रौटा कपिलबस्तु शाखाबाट शान्ती यादवको नाममा रुपैयाँ ९९ हजार २ सय ७१ भुक्तान भएको थियो ।

Ime-bachat (3)यहि आश्विन १, देखि कार्तिक ३०, २०७२ सम्म दुई महिना लामो अवधिको लागि संचालन भएको “आईएमई वचत दश लाख” योजनामा नेपालका १३५ आईएमई सेन्टर सहित ४ हजार भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तिय संस्था एवं आईएमई को–अपरेटिभ्स सर्भिस लिमिटेड अन्तर्गत देशभरि फैलिएका विभिन्न सहकारीका शाखाबाट आईएमईको सेवा लिने सेवाग्राहीले सहभागिता जनाएका थिए ।

यस योजनाबाट श्रम एवं विभिन्न उदेश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्राप्त भएको आईएमईले विश्वास लिइएको छ ।

यो योजनामा स्वदेश वा विदेशबाट आईएमई गर्नेको हकमा दैनिक लक्की ड्र बाट बिजेता घोषित हुने ६० जना सेवाग्राहीलाई रु. ५ हजार, साप्ताहिक लक्की ड्र बाट विजेता घोषित हुने ९ जनालाई रु. ५० हजार पुरस्कार राशीको वचत खाता साझेदार ग्लोबल आईएमई बैंकमा खोल्ने अवसर प्रदान गरिएको थियो । लक्की ड्र को नतिजा यस कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक भैसकेको छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १५ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका १३५ आईएमई सेन्टर सहित ४,००० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

रेमिटेन्सको पैसालाई बचत तथा उत्पादनमा लगाउन प्रेरणा प्रदान गर्दै ब्यापार प्रवद्र्धन गर्ने उदेश्यले संचालित यस योजना निर्धारित उदेश्यमा प्रभावकारी रहेको विश्वास पनि आईएमईले लिएको छ ।

Ime-bachat (2)  mneomonic_IME bachat 10 lakh