१२ कार्तिक २०८३, बिहिबार

दुई राजनीतिक योद्धालाई आजीवन निःशुल्क उपचार दिने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काँकडभिट्टा, ३ मङ्सिर । झापाको पूर्ण टुङ्ग विर्ता सिटी हस्पिटलले लोकतन्त्र प्राप्तिका लागि लामो समय जेलनेल व्यहोरेका दुईजना राजनीतिक योद्धालाई आजीवन निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ ।

त्यस्तो उपचार सेवा पाउनेमा दुर्गा अधिकारी ‘सानो’ र पूर्णानन्द शर्मा हुनुहुन्छ । दुबैलाई आज अस्पतालले स्वास्थ्य परीक्षण गरेर सेवाको सुरुवात गरेको अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्गा झापाली बाम आन्दोलनका पुराना योद्धा हुन् । उहाँले ‘झापा विद्रोह’ गरेको अभियोगमा हालका प्रधानमन्त्री केपी ओलीसँगै १७ वर्ष जेल लामो जीवन बिताउनु भएको थियो ।

पूर्णानन्द नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता हुन् । उहाँले पनि ३ वर्ष निर्वासन र ५ वर्ष जेल जीवन बिताउनु भएको थियो ।

नेपालमा नयाँ संविधान जारी भएको खुसियालीमा अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत देश र जनताको सेवामा जीवन समर्पित गरेका दुई अग्रज लोकतान्त्रिक योद्धालाई सम्मानस्वरुप निःशुल्क आजीवन उपचार सेवा दिने निर्णय गरेको अस्पतालका निर्देशक आनन्द बस्नेतले बताउनुभएको छ । रासस