३० आश्विन २०८३, शुक्रबार

चीनलाई यसरी रोक्यो हङकङले !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-Hongkongकाठमाडौं, ३ मंसिर । विश्वकै शक्तिशाली राष्ट्र चीनलाई हङकङले विश्वकप फुटबल छनोटमा गोलरहित बराबरीमा रोकेको छ ।

हङकङमा भएको खेलमा चीनका सबै प्रयास हङकङले विफल पारिदिएको हो । अर्काे खेलमा २०२२ को आयोजक कतारले भुटानमाथि ३–० को जित निकालेको छ ।

पेरिस आक्रमणको सम्झनामा मौनधारण गरेपछि चीन र हङकङ दुवै टोलीले एउटै राष्ट्रिय धुनमा प्रार्थना गरेका थिए । त्यस्तै, अस्टे«ेलियाले बंगलादेशमाथि ४–० र साउदी अरेबियाले इस्ट टिमोरमाथि १०–० को फराकिलो जित निकाल्दा एसियाली पावर हाउस जापानले कम्बोडियालाई २–० ले हरायो ।

हङकङ विजेता नबने पनि चीनलाई गोलरहित बराबरीमा रोक्दा उनीहरूले खुसी साटेका थिए । समूह ‘सी’ मा कतार शीर्ष स्थानमा छ भने हङकङ दोस्रोमा छ । समूहका २ खेल बाँकी रहँदा चीनको उत्कृष्ट चार उपविजेतामा अर्को चरण पुग्ने सम्भावना भने जीवितै छ । कतार १८ अंकसाथ शीर्षमा छ भने १४ अंकको हङकङ दोस्रोमा छ । चीन ११ अंकसहित तेस्रो स्थानमा छ ।