१२ कार्तिक २०८३, बिहिबार

नेपाल प्रहरीका सब-इन्सपेक्टरहरु सुडान मिसनमा, को-को परे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logoकाठमाडौँ, ३ मंसिर । शान्ति स्थापनार्थ नेपाल प्रहरीका सब–इन्सपेक्टरहरु सुडान मिसनमा खटिएका छन् ।

प्रहरी नायव महानिरीक्षक श्याम बहादुर खड्काले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ डार्फर सुडान स्थित युनामिड मिसनमा खटिई जाने प्रहरी टोलीलाई विहिबार शुभकामना सहित विदाई गर्नुभयो ।

उक्त अवसरमा उहाँले मिसनमा नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भएकोले नयाँ ठाउँ नयाँ परिवेश र परिस्थिती अनुसार अनुशासित र उच्च मनोवलका साथ कर्तव्य निर्वाह गर्न टोलीलाई निर्देशन दिनुभयो ।

आइतबार त्यसतर्फ जानेहरुमा प्रहरी नायव निरीक्षकहरु महमद कलिम अन्जुम, ईश्वरी थापा, ईश्वर खड्का, मनोज कार्की र सुरेन्द्र पण्डित रहेका छन् ।