गौशाला, ३ मङ्सिर । महोत्तरीका दुई सीमा नाकामा आज बिहान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पाँच सय दश लि पेट्रोलियम पदार्थ नष्ट गरेका छन् ।
भारतबाट तस्करी गरी ल्याइएको ३१० लि पेट्रोल महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोड र दुई सय लि पेट्रोल मटिहानी सीमा नाकामा नष्ट गरिएको मोर्चाले जनाएको छ ।
सीमा नाकामा मोर्चाका कार्यकर्ताको धर्ना जारी रहेका बेला वनको बाटो हुँदै महोत्तरीको सदरमुकाम जलेश्वर ल्याउन खोजिएको पेट्रोल कार्यकर्ताले भुइँमा पोखेर आगो लगाउनाका साथै पेट्रोल बोकी आएका व्यक्तिलाई गाली बेइज्जती पनि गरे ।
दुई दिन पहिले पनि गौशाला नगरपालिकामा मोर्चाले एक हजार लि पेट्रोल नष्ट गरेको थियो । रासस















प्रतिक्रिया