६ कार्तिक २०८३, शुक्रबार

चीनले फेरि भन्यो आवश्यक पर्ने इन्धन दिन तयार छौँ, लैजानुस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

File photo of employees spraying water to cool down oil tanks at a PetroChina storage facility in Suijingकाठमाडौं, ३ मंसिर । नेपालका लागि आवश्यक पुरै इन्धन बिक्री गर्न चीन तयार भएको छ । हालै चीन भ्रमणबाट फर्केका आपूर्तिमन्त्री गणेशमान पुनले आवश्यक परे पाइपलाइन समेत बनाउन चीन सरकार सहमत भएको बताएका हुन् ।

‘इन्धन ढुवानीबारे व्यापारिक सम्झौतापछि चीनले मागेजति इन्धन दिने आश्वासन दिएको छ । तर, समस्या यातायातको छ,’ अनौपचारिक चीन भ्रमणबाट मंगलबार फर्केका आपूर्तिमन्त्री पुनले भने, ‘समस्या समाधन गर्न पूर्वाधार र पाइपलाइन निर्माणको प्रक्रिया अघि बढाउने छौं ।’

दीर्घकालीन रूपमा समस्या समाधान गर्न पाइपलाइन अत्यावश्यक रहेको उनले बताए । ‘पाइपलाइनबाट इन्धन ढुवानी गर्ने सम्भावना छ । मन्त्रालयको योजना पनि छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा त्यो चाहिन्छ ।’ अनौपचारिक भ्रमणको क्रममा चीन सरकारबीच अनौपचारिक छलफल भएको उनले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

‘छलफलको क्रममा राम्रो वातावरण निर्माण भएको छ,’ मन्त्री पुनले भने । उनका अनुसार चीनबाट पेट्रिल, डिजेल, ग्यासलगायत सबै प्रकारको इन्धन आयात गरिने छ । आयात गर्दा केही कठिनाइ र चुनौती भए पनि इन्धन भित्र्याइने मन्त्रालयको दाबी छ ।