३० आश्विन २०८३, शुक्रबार

शाहरुख–काजोलको फिल्म ‘दिलवाले’को पहिलो गीत सार्वजनिक (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shrukh-Kajol

मुम्बई । बलिउडको रोमान्टिक जोडि शाहरुख खान र काजोलको फिल्म ‘दिलवाले’को पहिलो गीत बुधबार मुम्बईमा सार्वजनिक भएको छ ।

‘गेरुआ’ बोलको गीत सामाजिक सञ्जाल यूटुवबाट सार्वजनिक गरिएको हो । यो गीत सार्वजनिक कार्यक्रममा शाहरुख खान, काजोल, डायरेक्टर रोहित शेट्टी, म्यूजिक कम्पोजर प्रीतम, वरुण धवन र कृति सैनन उपस्थित थिए ।

यो गीतको शूटिंग आइसल्याण्ड र अन्य मनमोहक दृश्यमा गरिएको छ । एकपटक फेरि शाहरुख र काजोल कैयौं वर्षपछि गीतमा डान्स गर्दै देखिएका छन् ।

यो गीतमा बलिउडका चर्चित गायक आरजीत सिंहका साथमा अन्तरा मित्राले स्वर दिएका छन् । रोहित शेट्टीले निर्देशन गरेको फिल्म ‘दिलवाले’ क्रिशमसको अवसर पारेर १८ डिसेम्बरमा रिलीज हुँदैछ ।

हेर्नुस् भिडियोः