काठमाडौँ, २ मङ्सिर । सर्वोच्च अदालतले पूर्वमन्त्री खुमबहादुर खड्काको पत्नी शीला शर्मा खड्कासँग सम्बन्धित भ्रष्टाचारको मुद्दाको पुनरावलोकनको निवेदन दर्ता गर्न प्रशासनलाई आज आदेश दिएको छ ।
पूर्वमन्त्री खड्काद्वारा भ्रष्टाचार गरी कमाएको भनिएको सम्पत्ति खड्काकी पत्नीले राखेको सर्वोच्च अदालतले ठहर गरेपछि त्यसविरुद्ध पुनरावलोकनका लागि केही दिनअघि निवेदन पेस गरिएको थियो ।
सर्वोच्च अदालत प्रशासनले सो निवेदन दर्ता नगरी दरपीठ गरेपछि पूर्वमन्त्री खड्काकी पत्नी शीलाले त्यसविरुद्ध निवेदन दिनुभएको थियो ।
सो निवेदनको सुनुवाइ गर्दै न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले सो निवेदन दर्ता गर्न आदेश दिएको हो ।
यसअघि पूर्वमन्त्री खड्काद्वारा पेस गरिएको पुनरावलोकन निवेदन पनि अस्वीकार गरिएको थियो । रासस
















प्रतिक्रिया