१२ कार्तिक २०८३, बिहिबार

भक्तपुरमा पनि दाउरा बिक्री सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

daura-Dipo-4

भक्तपुर, २ मङ्सिर । मध्यपुरथिमि नगरपालिकाको पहलमा आजदेखि द टिम्बर कर्पोरेसन अफ नेपालले मध्यपुरथिमिमा आजदेखि दाउरा बिक्री सुरु गरेको छ ।

काठमाडौं र ललितपुरमा दाउरा वितरण गरेपनि भक्तपुरमा यसअघि दाउरा वितरण नगरेपछि मध्यपुर थिमि नगरपालिकाको प्रयासमा भक्तपुरका बासिन्दाका लागि दाउरा वितरण सुरु भएको हो ।

कर्पोरेसनले खाना पकाउने ग्यास नपाएको अवस्थामा भक्तपुरका बासिन्दालाई इन्धन अभाव टार्न दाउरा वितरण सुरु गरेको हो । आज थिमिका २५० परिवारलाई कुपन दिएर दाउरा वितरण गरेको छ । कर्पोरेसनले प्रतिपरिवार १०० किलो दाउरा प्रतिकिलो रु १५ र संस्थालाई ५०० किलोसम्म प्रतिकिलो रु १७ का दरले बिक्री गरेको छ । रासस