काठमाडौं, २ मंसिर । सरकार र मधेसी मोर्चाबीच ‘निर्णायक वार्ता’ सुरु भएको छ ।
राजनीतिक वार्ता टोलीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा मोर्चासँग अपराह्न ४ बजेदेखि सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यकक्षमा वार्ता सुरु भएको हो ।
वार्तामा नाकाबन्दी हटाउने र मोर्चाको सीमाकंनको मागमा सरकारी टोली अधिकतम लचकताका साथ प्रस्तुत भएको छ । जसमा प्रचण्डले तीन विकल्प प्रस्तुत गरेका छन् । सीमाकंनमा प्रचण्डले केही जिल्ला टुक्राउने प्रस्ताव पनि विकल्पका रुपमा अघि सारेका छन् ।
वार्तालाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने बहिष्कार गरेको छ । कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले सरकारको ठोस प्रस्तावबारे जानकारी नभएकाले कांग्रेसले वार्ता बहिष्कार गरेको बताए ।















प्रतिक्रिया