१२ कार्तिक २०८३, बिहिबार

दाङका बेल्वासेद्वारा सिन्धुपाल्चोक र धादिङका विद्यालयलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12243669_10206919665902821_1689881250_nकाठमाडौं, २ मंसिर । दाङ जिल्ला स्थायी घर भई जापानमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका गोपलाबहादुर बेल्वासेले सिन्धुपाल्चोक र धादिङ जिल्लाका दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ ।

बेल्वासेले दुई विद्यालयलाई एक लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । काठमाडौंको अनामनगरस्थित कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाको सम्पर्क कार्यालयमा आज (बुधबार) आयोजित विशेष कार्यक्रममा बेल्वासेले दुई विद्यालयका प्रधानाध्यापकहरूलाई नगद हस्तान्तरण गर्नुभएको छ ।

वैशाख १२ गतेको भुइँचालोबाट क्षति भएको सिन्धुपाल्चोकको कूपकन्या माविलाई बेल्वासेले ६० हजार नगद उपलब्ध गराउनु भएको हो ।

उहाँले धादिङ जिल्लाको नलाङ्ग–६ अर्चलेको अमृत प्राथमिक विद्यालयलाई पनि ४० हजार रुपियाँ उपलब्ध गराउनुभएको थियो ।

सहयोग रकम कूपकन्या माविका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल र अमृत प्राविधिका प्रधानाध्यापक गोपीप्रसाद सिलवालले बुझ्नु भएको थियो ।

भुइँचालोले दुबै विद्यालयका भवनमा क्षति पुगेको छ । धादिङको अमृत प्राविका दुई वटा कोठा पूर्ण रुपमा क्षति भएका छन् ।

सिन्धुपाल्चोकको कूपकन्या माविको भने सम्पूर्ण भवन भत्किएको छ । भुइँचालोपछि निर्माण गरिएका सामान्य कक्षा कोठामा ती दुई विद्यालयमा पठनपाठन हुँदै आएको छ ।

रकम हस्तान्तरणका क्रममा रेष्टुरेन्ट व्यवसायी बेल्वासेले जापानस्थित आफ्नो रेष्टुरेन्टमा आएका जापानी, नेपाली तथा अन्य मुलुकका ग्राहकले दिएको चन्दा रकमलाई आफूले विद्यालयलाई हस्तान्तरण गरेको बताउनुभयो ।

‘मैले यो रकम रेष्टुरेन्टमा राखेको चन्दाबक्सबाट संकलित रकम यी दुई विद्यालयलाई उपलब्ध गराएको हुँ’, उहाँले भन्नुभयो, ‘आउँदा दिनमा पनि यी दुई विद्यालयलाई अरु सहयोग गर्नेछु । सहयोग सानो भए पनि विद्यालयलाई थोरै भए पनि सहयोग मिल्ने आशा लिएको छु ।’

जापानको टोकियो टू ओमे सिटीस्थित खाबेलमा बेल्वासेले विगत चार वर्षदेखि ‘एशियन क्याफे डाइनिङ शेर्पा’ नामक रेष्टुरेन्ट चलाउँदै आउनु भएको छ ।

12242160_10206919665702816_816656275_n 12272560_10206919666222829_222077938_n