सर्लाही, २ मंसिर । सर्लाहीमा घाँस काटिरहेकी एक बालिकाको उखुबारीमा बलात्कार भएको छ ।
बलात्कार गरेको अभियोगमा मुर्तीया–१ डेरा गरी बस्ने बारा बतारा–१ का २६ बर्षीय सुरेन्द्रप्रसाद गुप्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
गुप्ताले जानकीनगर–३ स्थित उखुबारीमा घास काट्न भनी गएकी सोही ठाउँ बस्ने १४ बर्षीया बालिकालाई जवजरस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया