३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा पनि आइएसको आतंक, दुई अमेरिकी विमानमा बम, आकस्मिक अवतरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

American_airlinesलस एन्जेल्स, २ मङ्सिर । दुई अमेरिकी विमानमा बम राखिएको हल्लापछि आकस्मिक अवतरण गरिएको समाचार छ ।

ती दुवै विमान पेरिसका लागि उडेका थिए । उडिसकेपछि ती विमानमा बम राखिएको हल्लापछि आपतकालीन अवतरण गरिएको समाचारमा जनाइएको छ ।

विमान उडेपछि ती विमानमा बम राखिएको हल्ला आएको थियो । सो हल्लापछि एउटा बिमान अमेरिकामै र अर्काे विमान क्यानाडाको विमानस्थलमा अवतरण गराइएको थियो ।

ती विमान अमेरिकी सहर लस एन्जेल्स र वासिङ्टनबाट उडेका थिए । बिमानमा बम राखिएको फोन अज्ञात व्यक्तिबाट आएपछि सो विमान आकस्मिक अवतरण गराइएको बताइएको छ ।

फ्रान्सको पेरिसमा गत शुक्रबार राति भएको आतङ्कवादी हमलापछि १२९ जनाको ज्यान गएपछि पेरिसकै लागि उडेका ती बिमानमा बम राखिएको हल्ला दिएएको छ ।

विमान सेवाहरुले दुर्वै विमान सकुसल अवतरण गराइएको र त्यहाँ बम रहे नरहेको भन्ने बारेमा थप चेकजाँच जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय अधिकारीहरुले उक्त बिमानमा रहेका यात्रुका लगेजका साथै सबैतिर सुरक्षा जाँच थालेका छन् । बम बिशेष सुरक्षा जाँच जारी रहेको बताइएको छ ।

ती बिमानमा बम राखिएको भनी गरिएको हल्ला एकै व्यक्तिले गरेको हो वा फरक फरक व्यक्ति हो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको उड्डयन अधिकारीहरुले जानकारी दिएका छन् ।

यसै महिनाको सुरुतिर एक रसियाली विमान इजिप्टमा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी २२४ जनाको ज्यान गएको थियो ।
उक्त बिमानमा बम राखिएको रहस्य अहिले आएरमात्र खुलेको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त बिमानमा बम राखिएको अनुमानसहतिको आसय हालैमात्र व्यक्त गर्नुभएको थियो । रासस/एएफपी