१ कार्तिक २०८३, शनिबार

भूकम्पपीडित लाप्राकीलाई सिरक र चामल वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

गोरखा, २ मङ्सिर । बढ्दो चिसोले कठ्याङ्ग्रिएका गोरखा लाप्राकका भूकम्पपीडितलाई हालै एक/एक थान सिरक र चामल वितरण गरिएको छ ।

तमु समाज फ्रान्सबाट पठाएको रु एक लाख ५० हजारले ४० वटा सिरक र ३० बोरा चामल खरिद गरेर वितरण गरिएको हो ।

समाजका सदस्य अनिल गुरुङका बुबा धनकाजीले भूकम्पपीडित लाप्राकीलाई आज सो सिरक र चामल वितरण गर्नुभएको हो । गत वैशाख १२ गतेको भूकम्पबाट लाप्राकका ४९५ घर पूर्णरुपमा ध्वस्त भएपछि उनीहरु गुप्सीपाखा जङ्गलमा बनाइएको अस्थायी टहरामा बसोबास गर्दै आएका छन् ।

दुई हजार ७०० मि उचाइको डाँडामा बस्दै आएका भूकम्प पीडितलाई चिसोले सताएको छ । चिसो बढेपछि हिउँसमेत पर्ने भएकाले लाप्राकीहरु चिन्तामा छन् । अधिकांश लाप्राकीले जस्ताले छाएको टहरो बनाएपनि केही भने त्रिपालमुनि नै बस्न बाध्य छन् । रासस