३० आश्विन २०८३, शुक्रबार

किन बन्द भयो तितो सत्य ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-dipa-tito

काठमाडौं । नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुदै आएको लोकप्रिय कार्यक्रम तितो सत्य वन्द भएको छ । कार्यक्रमका निर्माता तथा कलाकार दिपकराज गिरीले आईतवार नेपाल टेलिभिजनमा कार्यक्रम वन्द गर्ने लिखित जानकारी गराएका थिए ।

किन बन्द भयो:

तितो सत्य कार्यक्रम नेपाल टेलिभिजनको मात्र होइन नेपालकै सर्वाधिक लोकप्रिय कार्यक्रम हो । पटक पटक भएका दर्शक सर्वेक्षणमा नेपाल टेलिभिजनवाट प्रसारण हुने तितो सत्य र जिरे खुर्सानी नेपालकै सर्वाधिक लोकप्रिय कार्यक्रमको रुपमा रहेको रिपोर्ट छ । प्रारम्भमा नेपाल टेलिभिजन आफैले उक्त कार्यक्रम निर्माण तथा प्रसारण गर्ने गरेकोमा करिव ७ बर्ष अघि उक्त कार्यक्रम निर्माणको जिम्मा मिडिया हव प्रालिलाई दिन थालिएको हो । नेपाल टेलिभिजनलाई प्रति भाग दुई लाख ३५ हजार वुझाउने र सो वापत ८ मिनेट सम्म विज्ञापन बजाउन पाउने शर्त भएपनि कार्यक्रमा दैनिक २० देखि २५ मिनेट सम्म विज्ञापन प्रसारण हुने गरको थियो । राम्रो आम्दानी गर्ने भएपनि कार्यक्रम निर्मातालाई निर्माण कम्पनि मिडिया हव प्रालिले कार्यक्रम निर्माण गरेवापत दिनु पर्ने प्रति भाग १ लाख ६० हजार नदिने गरेको गुनासो कलाकारहरुको छ । प्रत्येक भागको पैशा नदिदा तितो सत्य टिमले मिडिया हवसंग लिन करिव २ करोड बाँकी भएपछि पैशा भुक्तानि नभएको भन्दै निर्माताले कार्यक्रम निर्माण गर्न छोडेका थिए ।

भारतको अघोषित नाकावन्दीको कारण छायांकन गर्न नसकिएको भन्ने निहुँ पारेपनि लेनदेनमा कुरा नमिलेकैले कार्यक्रम उत्पादन रोकिएको हो । कार्यक्रम उत्पादन रोकिएपछि निर्माण कम्पनि मिडिया हवले उक्त कार्यक्रममा पुराना भागको पुनः प्रसारण तिन महिनादेखि गर्दे आएको छ । यस्तो अवस्था लामो समय सम्म राख्न नसकिने भन्दै कलाकार दिपकराज गिरिले कार्यक्रमनै वन्द गर्ने कठोर निर्णय लिनु परको वताए ।

मिडिया हववाट पैशा नपाउनेमा तितो सत्य मात्र नभई जिरे खुर्सानि, भद्रगोल टिमको पनि करोडौ रुपैया उठ्न वाकि छ । मिडिया हव प्रा।लि।ले उक्त पैशा तिर्न नसके हामी नयाँ कार्यक्रम वनाउदैनौ भन्दै कार्यक्रम पुनः प्रशारण हुन थालेका छन् । नेपाल टेलिभिजनसंगको सम्झौतामा पुनः प्रसारण गर्न नपाउने स्पष्ट व्यवस्था हुदा हुदै मिलेमतोमा कार्यक्रम दोह्राउने कार्य भएको कर्मचारीहरुले वताए ।