काठमाडौं, २ मंसिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीसामू २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यूएईको अबुधावीमा टस जितेर पहिला ब्याटिङ रोजको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २२४ रन बनाएको छ ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ५८ रन बनाए । उनले ८१ बलमा ५ चौकासहित ५८ रन जोडे ।
सागर पुनले ४७, शरद भेष्वाकरले ४२, ज्ञानेन्द्र मल्लले ३६ रन जोडे । सोमपाल कामी ९, बसन्त रेग्मीले ७, मेहेबुब आलम १५ र शक्ति गौचनले २ रन जोडे । सोमबार भएको पहिलो खेलमा २ विकेटले पराजित भएको नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
हेर्नुस् नेपाल र पपुवा न्यूगिनीबीचको खेलः (लाइभ भिडियो)
















प्रतिक्रिया