३० आश्विन २०८३, शुक्रबार

शुटिंगमै घाइते भए आमिर खान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aamir-dangal-मुम्बई । बलिउड अभिनेता आमिर खान घाइते भएका छन् ।

पञ्जाबको लुधियानामा आफ्नो फिल्म ‘दंगल’को शूटिंगका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको पिठ्यू, मांसपेसीमा चोट लागेको थियो । अहिले फिल्मको शूटिंग रोकिएको छ । चिकित्सकहरुले उनलाई केही दिन आराम गर्न भनेका छन् । चोट लागेपछि आमिर शूटिंग छाडेर मुम्बई फर्किएका छन् ।

आमिरले भनेका छन्- ‘साथीहरु यो धेरै ठूलो चोट होइन्, मेरो पीठ्यूको मांसपेसीमा दुखाई भएको छ । एक हप्ता आराम गरेर फेरि शूटिंग शुरू गर्नेछु ।

आमिर खान अहिले पहलवान महावीर फोगटको रियल जिन्दगीमा आधारित बायोपिकको शूटिंग गरिरहेका छन् । अर्काे क्रिसमसमा रिलीज हुने यो फिल्मलाई नितेश तिवारीले निर्देशन गरिरहेका छन् ।