३० आश्विन २०८३, शुक्रबार

भारत–पाकिस्तान सीमा क्षेत्रमा दोहोरो भीडन्त, भारतीय सेनाका कमाण्डर मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Army

काठमाडौं, २ मंसिर । भारत-पाकिस्तान सीमा क्षेत्रमा दोहोरो भीडन्त भएको छ । जहाँ एक भारतीय सेनाका कर्नेल मारिएका छन् ।

भारत र पाकिस्तानको विवादास्पद क्षेत्र जम्मू-कश्मीरको कुपवाड़ामा पाकिस्तानी लश्करका सदस्यहरुको मुठभेडमा कर्नेल सन्तोष महादिक मारिएका हुन् ।

उनी ४१ राष्ट्रिय राइफल्सका कमांडिंग अफिसर थिए । भारतीय समाधार संस्था आजतकका अनुसार सर्च अपरेशनका क्रममा उनको टीममाथि भारत–पाकिस्तान सीमा नाका हाजीको घना जंगलमा आक्रमण भएको थियो । सोमवार राति भएको मुडभेडमा छातिमा गोली लागेर उनी गम्भीर घाइते भएका थिए ।

मंगलबार विहानै उनको मृत्यु भएको हो । घटनापछि भारतीय प्रहरी र सेनाको संयुक्त टीमले पाकिस्तानी लश्करबीच कयौं घण्टा दोहोरो भीडन्त भएको थियो । जसमा प्रहरी अधिकारीसहित भारतीय सेनाका चार कर्मचारी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

पाकिस्तानी लश्करले जम्बू–कश्मीर स्वतन्त्रताको माग गर्दै आएको छ । हाल जबमू कश्मीर भारतको नियन्त्रणमा छ ।