३० आश्विन २०८३, शुक्रबार

भारतमा बस दुर्घटना हुँदा १४ को मृत्यु, ५० जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

नयाँ दिल्ली, १ मङ्सिर । भारतमा सोमबार राति र मङ्गलबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ ।

समाचारअनुसार भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनामा अरु ५० जना घाइते भएका छन् । मध्ये प्रदेशको सात्ना जिल्लामा भएको सडक दुर्घटनामा सात जनाको ज्यान गएको छ ।

कम्तीमा पनि ५० जना यात्रु बोकेर गइरहेको एक बस उक्त जिल्लामा रहेको एक नदीको खोँचमा खस्दा त्यस बसमा रहेका सातजना यात्रुको ज्यान गएको छ ।

त्यसमा रहेका ३६ जना यात्रु नराम्ररी घाइते भएका छन् । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको पनि बताइएको छ ।

त्यसैगरी सो प्रान्तको धार जिल्लाको गुनबाट सडकमा एक कार बससँग ठक्कार खाँदा अर्काे दुर्घटना भएको पनि अधिकारीहरुले जनाएका छन् ।

त्यसमा परी थप सातजनाको ज्यान गएको छ भने बसमा रहेका १४ जना यात्रु घाइते भएका छन् । रासस/सिन्ह्वा