१ कार्तिक २०८३, शनिबार

झापामा भारतको एलपी ग्यासलाई बहिष्कार, स्वदेशी बायो ग्यासको प्रयोग बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bio-gas– राजकुमार ओली
विर्तामोड, १ मंसिर । भारतको दुई महिनादेखिको नाकाबन्दीकाबीच नेपालमा तेल र ग्यासको हाहाकार भइरहेका बेला पूर्वको झापा जिल्लाका उपभोक्ता बायो ग्यासतर्फ आकर्षित भएका छन् ।

झापामा भारतीय एलपी ग्यासलाई बहिष्कार गर्दै स्थानीय उपभोक्ताहरुले बस्तुभाउ र मानव मलमुत्रबाट सञ्चालित बायो ग्यासको प्रयोग गर्न थालेका हुन् । जसका कारण झापामा ग्यास अभाव छैन् ।

झापामा मात्रै गोवर ग्यास बाहेक मानव मलमुत्रबाट सञ्चालित बायो ग्यास ७ सय बढी घरमा प्रयोग गरिएको साथै १० हजार बढी घरमा गोवर ग्यास जडानका कारणले पनि ग्यास सकट नभएको स्थानीय प्रशासनले जनाएको छ ।

हाल दैनिक रुपमा सयोै एलपी ग्याँस सार्वजनिक बसमा झापाबाट काठमाडौ गइरहेको र तर पनि ग्यास सकट झापामा नदेखिएको हो ।
झापामा मानव मलमुत्रबाट सञ्चालित बायो ग्यासको प्रवद्र्धन गरिरहेका सामाजिक अभियन्ता मध्येका एक चैतन्य प्रकाश मैनालीले आफूहरुको अगुवाईमा झापामा ७ सय बढी घरमा गोबर ग्यास जडान गरिएका कारणले एकातिर मिथेन ग्यासको सदुपयोग गरि राज्यले रोयल्टी प्राप्त गरिरहेको र अर्कातिर ग्यास सकट समाधान भैइरहेको बताए ।

मैनाली लगायतको टिम विर्तामोडमा सञ्चालनमा आएको आर्दश सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा यो अभियानमा १५ वर्षदेखि सक्रिय रहेको केन्द्रका अध्यक्ष डाक्टर प्रह्लाद सापकोटाले बताए ।

मैनालीले सिंगापुर सिक्कीम लगायतका ठाँउको बायो उर्जाको अध्ययन गरि आफ्नो सीपलाई झापामा प्रयोगमा ल्याएका हुन् । यो अभियान पक्की घरमा सेफ्टी ट्याक्की भन्दा सस्तो र राम्रो रहेकोले पनि यो अभियानमा सक्रिय काम गर्न सकिएको र आफन्त छरछिमेकीमा जडान गरि अनुभव लिइएको मैनालीले बताए ।

१५ वर्षअघि विर्तामोड कृर्षि थोकस्थित सार्वजनिक शौचालयमा निर्माण गरिएको मानव मलमुत्रबाट सञ्चालित बायो ग्यासबाट हाल दैनिक रुपमा होटल समेत सञ्चालन भैइरहेको छ । होटल सञ्चालक विष्णुमाया पोखरेलले बायो ग्यासको प्रयोगले ग्यासको अभाव टरेको सुनाए । उनले आजभोली ग्राहकले पनि भारतीय ग्यासबाट पकाएको परिकार खानै छाडेको बताए ।

ग्याँस सहज रुपमा घरमा प्रयोग गर्न सकिएको बताउने विर्तामोडका स्थानीय प्रकास पकुवालले आफूले १५ वर्षदेखि यो ग्याँसको प्रयोग गर्दै आएको र यसको कुनै गन्ध नआउने गरेको बताए ।

अव झापामा मात्रै होइन नेपालमा समेत यो अभियान सञ्चालन शुरु भैइसकेको र झापामा मैनालीले अभियानले सकारात्मक काम गरेको गोवर ग्यास प्रयोगकर्ता एवम स्थानीय राप्रपा नेपालका नेता भक्ति सिटौलाले जानकारी दिदै अब राज्यले समेत यो अभियानमा काम शूरु गर्नुपर्ने बताए ।

बायो ग्यासले ग्यासको सकट अन्त्य गर्न सकिने र अर्काेतिर मिथेन ग्यासको सदुपयोग गर्दै राज्यलाई रोयल्टी दिलाउन समेत सकारात्मक भुमिका खेल्न सकिने भएकोले पनि यो अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाई छ ।