६ कार्तिक २०८३, शुक्रबार

प्रचण्डलाई राज्य बाँड्ने अधिकार कसले दियो ? किन बाँड्दै छन् राज्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौं, १ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मधेसीमोर्चा र विपक्षी कांग्रेसबीच निर्णायक वार्ता तयारीका लागि संवाद थालेका छन् ।

आइतबारको शीर्ष नेतास्तरीय वार्तामा ठोस गति नलिएपछि उच्चस्तरीय राजनीतिक समन्वय समिति संयोजकसमेत रहेका दाहालले अनौपचारिक भेट तीब्र पारेको कान्तिपुर दैनिकले छापेको छ ।

पछिल्लो समय उनले सीमांकनमा नयाँ प्रस्ताव ल्याएका छन् ।

हालको प्रदेश नम्बर २ अन्गर्तत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्म थारु बहुल बस्ती छुट्याएर बाँकी पहाडसँग मिलाउने, झापा र कंचनपुर विवादित जिल्ला घोषणा गरी राजनीतिक समितिमार्फत टुंग्याउने र मोरङ र सुनसरी जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा र मधेसी बहुल क्षेत्रलाई मधेसमा मिसाउने उनको प्रस्ताव छ ।