६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दीको नाममा आयल निगमका कर्मचारी कमाउ धन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_oil_corporationकाठमाडौं, १ मंसिर । भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ ।

पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलको परिमाणबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी, डिपो प्रमुखदेखि राजनीतिक नेतृत्वसम्म भागबन्डा गरिएको स्रोतले दाबी गरेको नागरिक दैनिकले छापेको छ ।

कात्तिक २६ गतेदेखि ३० गतेसम्म भारतबाट इन्धन बोकेका ३ सय ट्यांकर काठमार्डौं भित्रिएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो ।

यति परिमाणको तेल सामान्य अवस्थामा नियमसँगत बाँडेको भए कुल मागको ६० प्रतिशत पूरा हुन्थ्यो ।