सोल, ३० कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन यसै हप्ता उत्तर कोरियाको भ्रमणमा जानुहुने भएको छ । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनसँगको वार्ताका लागि उहाँ त्यहाँ जान लाग्नुभएको हो ।
आणविक भट्टिका कारण विवादास्पद भएको उत्तर कोरियामा हुन लागेको यस भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यदी उहाँ उत्तर कोरिया पुग्नुभयो भने गएको २० वर्षपछि सो देशको भ्रमण गर्ने राष्ट्रसंघको पहिलो महासचिव हुनुहुने पनि उत्तर कोरियाको समाचार समिति योनहापले जनाएको छ ।
योनहाप समाचार समितिले उच्च स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार यसै हप्ताको अन्तिमतिर उहाँले उत्तर कोरियाको भ्रमण गर्न लाग्नुभएको जनाएको छ ।
तर पनि सो भ्रमणको मिति भने सो समाचारमा दिइएको छैन । संयुक्त राष्ट्रसंघको उच्च स्रोतलाई सो समाचारमा उद्धृत गरिएको छ ।
पछिल्लो समयमा आणविक भट्टि निर्माणका कारण उत्तर कोरिया विवादमा आएको छ । आणविक वार्ताका लागि पनि शक्ति राष्ट्रहरुसँग विभिन्न चरणमा कुराकानी भइरहेको छ ।
महासचिव बानको यस भ्रमणका क्रममा यस विषयमा वार्ता हुने बताइएको छ । रासस/एएफपी















प्रतिक्रिया