१ कार्तिक २०८३, शनिबार

कामदारको अधिकारका लागि नेपाल र कतारबीच १० बुँदे सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Quaterकाठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय मानवअधिकार समिति कतारबीच नेपाली आप्रवासी कामदारको अधिकार संरक्षणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समितिको आमन्त्रणमा आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा अधिकृतद्वय कमल थापा क्षेत्री र कल्पना झासहितको तीन सदस्यीय टोली यही कात्तिक २८ गते कतार पुगेको थियो । सोही अवसरमा आज उक्त सम्झौता भएको हो ।

आप्रवासी नेपाली कामदारको अधिकार संरक्षणका सम्बन्धमा द्विपक्षीय सहयोग आदानप्रदानका सम्बन्धी समझदारीपत्रमा आयोगका अध्यक्ष शर्मा र समितिका अध्यक्ष डा अलिविन अलमारीले हस्ताक्षर गरेको आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारीको अवधि चार वर्षको रहनाका साथै आपसी सहमतिबाट अवधि नवीकरण गर्न सकिने जनाइएको छ ।

आयोगकोे टोलीले कतारमा रहेको नेपाली आप्रवासी कामदारको अवस्थाको सम्बन्धमा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपाली प्रतिनिधिसँग भेटघाट तथा छलफल गरेको थियो । भ्रमणकै क्रममा टोलीले समिति, कतार फाउन्डेसन, आन्तरिक मामला मन्त्रालय कतारका मानवाधिकार विभागका प्रमुखसँग छलफल पनि छलफल गरेको थियो । रासस