काठमाडौं, ३० कात्तिक । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष गणेश थापालाई कारवाही गरेको छ ।
सोमबार बसेको फिफाको अनुशासन कमिटी बैठकले भ्रष्टाचारको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन र २० हजार स्वीस फ्रयांक जरिवाना तोकेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
भ्रष्टाचारको आरोपमा अब थापाले फिफालाई २० हजार स्वीस फ्रयांक अर्थात झण्डै २१ लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । फिफाको अनुशासन कमिटीले सन् २००९ र २०११ को फिफा चुनाव र एसियाली फुटबल महासंघको चुनावमा थापाले भ्रष्टाचार गरेको जनाएको छ ।















प्रतिक्रिया