१ कार्तिक २०८३, शनिबार

नेपालबाट अनुमति नपाउँदा नेपाल-भारत पुल सञ्चालन भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jholunge-pul
फाइल तस्वीर

बैतडी, ३० कात्तिक । नेपाली पक्षबाट अनुमति नपाउँदा दार्चुलामा नेपाल–भारत सीमा जोड्ने जौलजीवी झोलुङ्गे पुल पूर्णरुपमा सञ्चालन हुन सकेको छैन ।

भारतीय पक्षले नेपाललाई पुलमा आवतजावतका लागि अनुरोध पठाए पनि नेपाली पक्षले प्राविधिक मूल्याङ्कन अनुगमन नहुँदा आवतजावत गर्न नसकिने जनाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

सहायक प्रजिअ विश्वामित्र कुइँकेलका अनुसार डोलिडार विभागअन्तर्गतको झोलुङ्गे पुल महाशाखाले निर्माण गरेको यो पुलको सम्बन्धित निकायबाट प्राविधिक अनुगमन भएको जानकारी आएपछि नेपाल र भारतबीच छलफल भएपछि पुल सञ्चालनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो – “डोलिडार विभागले गर्ने अन्तिम चेकजाँच गरेको छैन, चेकजाँचपछि मात्र सञ्चालनमा आउँछ ।”

अन्तिम चेकजाँच नगर्दा पुलमा कुनै दुर्घटना भए जिम्मेवार को हुने भनेर अनुमति नदिएको उहाँले बताउनुभयो ।

नवनिर्मित उक्त पुलको पारवाहन क्षमता एकपटकमा ४०० जनाको रहेको छ । विसं २०७० मा महाकाली नदीमा आएको बाढीले त्यहाँ रहेको पुल बगाएको थियो । रासस