काठमाडौँ ३० कात्तिक । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अहिले नेपाल र पपुवा न्युगिनीको खेल भइरहेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई)को शेख जाहेद रङ्गशालामा टस जितेर नेपालले अहिले ब्याटिङ गरिरहेको छ । नेपालले यो समाचार तयार पार्दासम्म ३३ ओभरमा ४ विकेट गुमाउँदै १३३ रन जोडेको छ ।
पहिलो बलमै ओपनर अनिल मण्डल आउट भएपछि दबाबमा परेको नेपालले दोस्रो विकेटको रुपमा सागर पुनलाई गुमायो । सागर १० रन बनाएर आउट भए । त्यस्तै तेस्रो विकेटको रुपमा नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २३ रनमा गुमाएको छ । टिमको स्कोर ८६ हुँदा नेपालले चौथो विकेटका रुपमा कप्तान पारस खड्कालाई गुमाउन पुगेको छ । उनले मात्र ६ रन वनाए ।
अहिले सुवास खकुरेल ६० रनमा अविजित छन् भने सरद भेषवाकर २७ रन वनाउँदै क्रिजमा छन् । रासस















प्रतिक्रिया