१ कार्तिक २०८३, शनिबार

स्याफ्रुबेँसीका होटलमा चिनियाँ हिटर आकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hitarधुन्चे (रसुवा), ३० कात्तिक । ग्यासको अभाव भएपछि उत्तरी रसुवाको स्याफ्रुबेँसीमा चिनियाँ हिटर प्रयोगमा ल्याइएको छ ।

स्याफ्रुबेँसीका पर्यटकीय होटल सञ्चालक कर्नेल तामाङका अनुसार पर्यटकीय होटलमा वातावरण स्वच्छता कायम गर्न दाउरा प्रयोग गर्न नमिल्ने भएका कारण चिनियाँ कम्पनीद्वारा निर्मित विद्युतीय हिटर प्रयोगमा ल्याइएको हो ।

चिनियाँ विद्युतीय हिटरको ताप सानो ठूलो बनाउन मिल्ने भएका कारण पाहुनाको मागअनुरुप खाना तयार बनाउन सहज भएको सञ्चालक तामाङले बताउनुभयो ।

अहिले पहिलो चरणमा ३० वटा हिटर प्रयोगमा ल्याइसकेको र क्रमशः हिटर प्रयोग गर्ने आकर्षण बढ्दै गएको बताइएको छ ।

यस्तै, गत वैशाख १२ को भूकम्पले क्षति पु¥याएको स्याफ्रुबेँसीका पर्यटकीय होटल मर्मत गरी चालु गरिएका छन् ।

आइबिम राखी मर्मत गरिएका होटल लजमा थप व्यवस्थित गरी बनाइएका र साँझ बास बसेका पर्यटक भोलिपल्ट प्रफुल्लित भई जाने गरेको बताइएको छ । रासस