३० आश्विन २०८३, शुक्रबार

समृद्धि र संयुक्तिलाई लिटिल मिस एण्ड मिष्टर युरेशिया अवार्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

image-950289033715f911b4b99b7c7ffc3ddd6f9fe14fd425620eda55651cc97eacd0-Vकाठमाडौं । हालै टर्कीको अन्तालियामा सम्पन्न ‘लिटिल मिस एण्ड मिष्टर युरेशिया २०१५’ नामक बालबालिकासम्बन्धि अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मूल्यांकन प्रतियोगितामा नेपालका तर्फबाट सहभागी भएका दुई बालिकाहरुले अवार्ड जित्न सफल भएका छन् ।

प्रतियोगितामा सहभागी भएकी दश वर्षीया समृद्धि थापाले फस्ट रनरअप लिटिल मिस युरेशिया २०१५ सहित लिटिल मोडलको अवार्ड जित्न सफल भइन् । उनकै सहोदर बहिनी नौ वर्षीया संयुक्ति थापाले लिटिल प्रिन्सेस् युरेशिया २०१५ को अवार्ड जितेकी छिन् ।

समृद्धिले यस प्रतियोगितामार्फत् हलिउड प्रशिक्षणका लागि डाइरेक्ट एन्ट्री पनि हात पारेकी छिन् । यो प्रशिक्षण आगामी जनवरी १६ देखि अमेरिकास्थित लस एन्जल्समा रहेको स्टुडियो अफ हलिउडमा संचालन हुनेछ ।

प्रतियोगितामा भारतकी पाँच वर्षीया निविन निरज वेदले लिटिल मिस युरेशिया २०१५को ताज पहिरिन सफल भएकी छिन् ।

प्रतियोगितामा १९ राष्ट्रका २६ जना बालबालिकाको सहभागिता रहेको थियो । समृद्धि र संयुक्तिको उल्लेखित प्रतियोगितामा सहभागिताका लागि संयोजन र सहकार्य ई प्लानेट प्रा.लि.ले गरेको हो ।

ई प्लानेटका सन्तोष सापकोटालाई सो प्रतियोगितात्मक कार्यक्रममा सहभागी १९ राष्ट्रमध्येबाट वेष्ट नेसनल डाइरेक्टरको अवार्ड प्रदान गरिएको थियो ।