१ कार्तिक २०८३, शनिबार

उच्चस्तरीय राजनीतिक संयन्त्र र मधेसी मोर्चाबीच आज ३ बजे वार्ता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-1काठमाडौं, २९ कात्तिक । सत्ता गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता तय भएको छ ।

जसअुनसार आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसद सचिवालयमा रहेको राज्यव्यवस्था समितिको कार्यकक्षमा सरकारी वार्ता टोली र मधेसी मोर्चाबीच वार्ता हुने भएको हो ।

दिउँसो ३ बजे एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारी टोलीसँग वार्ता तय भएको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले मधेसी मोर्चाका माग पुरा गर्न अधिकतम लचकता अपनाउने निर्णय गरेको थियो ।

सरकारी टोलीले अधिकतम लचकता अपनाउने निर्ण गरेपछि मोर्चासँगको आजको वार्ता फलदायी हुने विश्वास लिइएको छ ।