काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे देश र जनताका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्री ओलीले देश र जनताका नाममा आज साँझ ६ बजे सम्बोधन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि राजनीतिक संयन्त्रले नै खाका तयार पारेको बालुवाटार स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले तिहारको अघिल्लो दिन सम्बोधन गर्ने कार्यक्रम तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
संविधानको जारी भएपछि सरकारको सोच, तराई–मधेसमा देखिएको समस्या, सो समस्या समाधानमा हालसम्म भए गरेका प्रयत्न, सरकारको भावी कार्यक्रम लगायत विषय सम्बोधनमा समावेश गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।















प्रतिक्रिया