३० आश्विन २०८३, शुक्रबार

पाकिस्तानकोे चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-flagइश्लामावाद (पाकिस्तान), २९ कात्तिक । एक पाकिस्तानी विमान गएको हप्ता धावनमार्ग बाहिर गएको घटना सम्वन्धमा छानविन हुँदा विमान चालकले मदिरा सेवन गरेको भन्ने पुष्टिभएपछि यहाँको नागरिक उड्डयन प्राधिकरणले उडान समयमा मदिरा सेवन नगर्न चालकलाई चेतावनी दिएको छ ।

करीब एकसय यात्रु लिएर उडेको विमान धावन मार्गबाट बाहिरिंदा पाकिस्तानको निजी विमान कम्पनीको एक विमानको टायर विस्पोट हुन पुगेको थियो । घटनामा उक्त विमानमा यात्रारत सवै (एकसय) यात्रु शकुसल उद्धार गरिएका थिए ।

उड्डयन प्राधिकरणका प्रवक्ता पर्भेज जर्जले शनिबार एएफ्पीसँग भन्नुभयो, मेडिकल छानविन प्रतिवेदनमा विमानको मुख्य चालकले प्राधिकरणको कानुनको वर्खिलाप गर्दै मदिराको सेवन गरी जहाज चलाएको पाइएको जनाइएको छ ।

चालकले एकदमै थकित अवस्थामा जहाज उडाएको पनि छानविनमा पाइएको प्रतिवेदनबाट पुष्टि हुन आएको छ, जर्जले भन्नुभयो ।
छानविनको प्रतिवेदनबाट उडानमा चालकको लापर्बाही भेटिएपछि प्राधिकरणले निजी विमान कम्पनी तथा सम्बन्धित सवैलाई मदिराको सेवन गरी कुनैपनि उडान नगर्न नगराउन चेतावनी दिएको हो ।

इश्लामिक धर्मावलम्विको बाहुल्यता रहेको पाकिस्तानमा मदिराको गैर-इश्लामिक नागरिक तथा विदेशीलाई बाहेक अन्य पाकिस्तानी नागरिकलाई मदिरा बेच्न निषेध गरिएको छ ।

यसअघि केही समयपहिले पनि सन् २०१३ को नोभेम्वरमा मदिराको सेवन गरी १५६ यात्रु लिएर एक पाकिस्तानी अन्तर्राष्ट्रिय उडान गरेको अभियोगमा एक पाकिस्तानी चालकलाई बेलायतमा नौ महिना जेल सजाय दिइएको थियो । रासस/एएफपी