३० आश्विन २०८३, शुक्रबार

नवलपरासीको पुरुष दगंल भारतीयको कब्जामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaपरासी, २९ कात्तिक । नवलपरासीमा जारी अन्तर्राष्ट्रिय पुरुष दगंल (कुस्ती) प्रतियोगिताको उपाधि भारतका दुई पहलमानले संयुक्त रुपमा कब्जा गरेका छन् ।

फाइनल खेलमा भारत कुसीनगरका बच्चन यादव र भारत महाराजगन्जका जीतेन्द्र यादवबीच भएको प्रतिस्पर्धात्मक खेल बराबरीमा टुङ्गिएपछि उपाधिलाई दुवैले संयुक्त हासिल गर्न सफल भएका हुन् ।

यसैगरी, द्वितीय र तृतीयका लागि भएको प्रतिस्पर्धात्मक खेल पनि बराबरीमा टुङ्गिएको थियो । द्वितीय पुरस्कार भारत गोरखपुरका शैलेन्द्र यादव र भारत विहारका निकुञ्ज यादवले संयुक्त रुपमा हात पार्न सफल भएका थिए ।

यसैगरी तृतीय पुरस्कार भारत अयोध्याका शर्वेस त्रिपाठी र भारत महाराजगन्जका सन्तोष यादवले संयुक्त रुपमा हात पार्न सफल भएका छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा सबै पुरस्कार भारतीय पहलवानले कब्जा गर्न सफल भएका थिए । प्रतियोगितामा नेपाल र भारतका गरी २५ जोडी पहलवानले प्रतिस्पर्धा गरेका थिए ।

जिल्लाको गुठीप्रसौनीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । विजयी पहलवानहरुलाई नवलपरासी क्षेत्र नं ६ का सांसद देवकरण कलवारले पुरस्कार वितरण गर्नुभएको थियो । रासस