६ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चासँगको वार्तापछि कांग्रेसको किन आकस्मिक बैठक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २९ कात्तिक । मोर्चाका नेताहरूले कांग्रेसले साँच्चै चाहेको के हो ? भन्ने प्रश्न राखेपछि कांग्रेसले आफ्नो आधिकारिक धारणा बनाउन आइतबार बिहान ९ बजे संसदीय दलको कार्यालयमा पदाधिकारी बैठक डाकेको छ ।

आन्दोलनरत मधेसी मोर्चाको मागबारे प्रस्ट धारणा बनाउन पदाधिकारीको बैठक बस्न लागेको कांग्रेसकी सचेतक ईश्वरी न्यौपानेले जानकारी दिएको कान्तिपुर दैनिकले छापेको छ ।

‘कांग्रेसको धारणा के हो भन्ने कुरा तय गर्न पदाधिकारी बैठक बस्न लागेको हो, यसपछि सरकारी पक्ष र आन्दोलनरत पक्षसँग छलफल प्रक्रिया अगाडि बढाइनेछ,’ न्यौपानेले भनिन् ।