६ कार्तिक २०८३, शुक्रबार

नाकाबन्दी खोल्न प्रचण्डले मधेसी मोर्चासँग औपचारिक वार्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौं, २९ कात्तिक । उच्चस्तरीय राजनीतिक संयन्त्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आइतबार औपचारिक वार्ता हुँदैछ ।

शनिबारको छलफल सकारात्मक भएकाले आइतबार औपचारिक वार्ता हुन लागेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

औपचारिक वार्ता गर्ने सहमति बने पनि मधेसमा कति प्रदेश बनाउने भन्नेबारेमा सहमति नभएको उनको भनाइ छ ।

मधेसी मोर्चासाग दिउँसो ३ बजे वार्ता गर्ने तयारी छ । वार्तामा प्रमुख विपक्षी दल कांग्रेसका नेताहरू पनि सहभागी हुने भएका छन् ।

वार्तामा आफ्नो धारण प्रस्ट राख्न कांग्रेस पदाधिकारी बैठक आइतबार बिहान ९ बजे बस्दैछ ।