क्वालालम्पुर । मलेसियाबाट यस बर्ष मात्रै बिभिन्न देशका गरि २ लाख भन्दा बढी अबैध कामदार घर फर्किएका छन् । पुत्राजय अध्यागमन बिभागले दिएको जानकारी अनुसार गत जनवरी देखी अहिले सम्म बिभिन्न मुलुकका गरी २ लाख ११ हजार ७ सय ११ जना मलेसियाबाट बाहिरिएका हुन ।
पुत्राजय अध्यागमन बिभागका निर्देशक मुस्ताफा ईब्राहिमका अनुसार १ लाख ३४ हजार ८ सय ४ जना , अबैध आप्रबासीका लागी सरकारले जारी गरेको स्वईच्छिक आत्म सर्मपण कार्यक्रममा सहभागी भई आफ्नो देश फर्किएका थिए ।
अन्य ७६ हजार ९ सय ६७ जना पक्राउ परे पछि प्रक्रियामा गएर घर फर्किएको निर्देशक मुस्ताफालाई उध्रित गर्दै फ्रि-मलेसिया टुडे डटकमले खबर छापेको छ । पक्राउ परे पछि घर फर्किनेमा सबै भन्दा बढी फिलीपिनो रहेका छन् । १४ हजार ९७ जना फिलीपिनो, १३ हजार ९० जना ईण्डोनेसियन, ७ हजार ४ सय १० जना बंगलादेशी र ५ हजार ५ सय ६६ म्यानमारका आप्रबासी कामदार रहेका छन् ।
यस्तै थाईल्याण्डका १८ सय ८८ जना , पाकीस्तानी १८ सय ३८ जना , भियतनामी १८ सय १६ जना र नेपाली १६ सय २४ जना लगायत अन्य देशका अबैध आप्रबासी यस बर्ष यहा पक्राउ परेपछि घर फकाईएका हुन । मलेसिया सरकारले देशब्यापी रुपमा सञ्चालन गरेको अबैध आप्रबासी धरपकड कार्यक्रम अन्त्रगत उनीहरु पक्राउ परेका हुन ।
मलेसियामा अबैध आप्रबासी पक्राउ परेपछि ९० दिनको जेल सजाए अनिबार्य हुन्छ । सजाए अबधि सकिए पछि उनिहरुलाई घर फिर्ती केन्द्रमा सार्ने गरिन्छ । त्यस केन्द्रमा रहेका अबैध आ-प्रबासीले एक तर्फी हवाई टिकट आफैले काट्न सके मात्र घर फर्किन सक्ने छन् ।
















प्रतिक्रिया