३० आश्विन २०८३, शुक्रबार

२५ वर्षपछि बहुमत ल्याउँदा पनि प्रजातन्त्रवादी नेत्री सुकीलाई राष्ट्रपति बन्नबाट रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suki

काठमाडौं, २८ कात्तिक । नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको पार्टी नेशनल लीग फोर डेमोक्रेसी (एनएलडी) दलले म्यानमारको संसदीय चुनावमा २५ वर्षपछि बहुमत हासिल गरेको छ ।

यसको साथै एनएलडी पार्टीले स्वतन्त्र रूपमा आफ्नो सरकार बनाउने अधिकार पाएको छ । चुनाव आइतबार भएको थियो । २५ वर्षपछि भएको संसदीय चुनावमा बहुमत हात पारेकी एनएलडीकी अध्यक्ष सुकीले भने देशको प्रमुख पद राष्ट्रपति बन्न पाउने छैनन् । यसअघि १९८३ मा उनी म्यानमारको प्रधानमन्त्री थिईन् । तर, त्यहाँको सेनाले अपदस्थ गरी देशमा सैनिक शासन लगाएको थियो । सुकी १५ वर्ष सेनाको नजरबन्दमा बसेकी थिईन् ।

१६८ मध्ये ११० सीटमा एनएलडीको जित

Myanmar Election

मतगणनाको पाँचौं दिन शुक्रवार म्यानमारको संघीय चुनाव आयोगले भनेको छ- ‘४४० सदस्यीय तल्लो सदनका ३३० सीटमा चुनाव भएको थियो, जसमा २३८ सीटमा एनएलडीले जीत हात पारेको छ । यस्तै, २२४ सदस्यीय माथिल्लो सदनका १६८ सीटमा भएको चुनावमा एनएलडीले ११० सीटमा विजय भएको छ । जून स्पष्ट बुहमत हो ।’

यसकारण सुकी बन्न पाउने छैनन् राष्ट्रपति

MYANMAR-POLITICS-ELECTIONम्यानमारको संविधान अनुसार आङ सान सुकी देशको राष्ट्रपति बन्न पाउने छैनन्, किनकि उनका छोराछोरी विदेशी नागरिक हुन् । उनका दिवगंत श्रीमान र छोराछोरी बेलायती नागरिक हुन् । त्यहाँको संविधानमा छोराछोरी विदेशी भएका व्यक्तिले राष्ट्रप्रमुख बन्न नपाउने उल्लेख गरिएको छ ।

तर, उनको पार्टी एनएलडीलाई सरकार बनाउने र राष्ट्रपति नियुक्त गर्ने अधिकार प्राप्त जनमतले मिलिसकेको छ । यद्यपी पार्टीले अहिलेसम्म राष्ट्रपति पदका लागि योग्य व्यक्तिको चयन गरेको छैन् । बहुमत प्राप्त गरिसकेको अवस्थामा अब एनएलडी पार्टीसँग संविधान संशोधन गरेर सुकीलाई राष्ट्रपति बनाउन सक्ने एक मात्र विकल्प छ ।

नयाँ वर्षदेखि सुरु हुनेछ नयाँ संसद

संघीय चुनाव आयोगका अनुसार नयाँ संसदको पहिलो बैठक जनवरी २०१६ मा सुरु हुनेछ । फरवरीमा नयाँ राष्ट्रपति चयन गरिनेछ भने मार्चमा नयाँ सरकार गठन हुनेछ । अहिलेको सरकारको कार्यकाल मार्च २०१६ मा सकिनेछ ।

नराम्रोसँग हार्यो सत्तारूढ यूएसडीपी पार्टी

म्यानमारको संसदमा २५ प्रतिशत सीट सेनाका लागि आरक्षण गरिएको छ । सुकीको एनएलडीले क्षेत्र वा राज्यको संसदमा पनि अधिकांश सीट जितेको छ । ताजा आंकडाका अनुसार एनएलडी देशको संसदका तीनै स्तरमा मिलाएर ६४९ सीट जितेको छ । सत्तारूढ़ यूनियन सलिडैरिटी एण्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी)ले तीनै स्तरमा मिलाएर जम्मा १०२ सीट जितेको छ । यसका साथै अर्काे दल शान नेशनल लीग फार डेमोक्रेसीले ४० सीट जितेको छ । (एजेन्सीको सहयोगमा)