काठमाडौं, २८ काठमाडौं । आजभोली पोर्न साइटमा खेलाडीहरुको समेत खोजी हुन् थालेको छ । भर्खरै सार्वजनिक भएको एक रिपोर्टमा पोर्न साइटहरुमा सर्च हुने फुटबल खेलाडीहरुको सूची देखाइएको छ ।
उक्त रिपोर्टअनुसार रियल म्याड्रिडबाट खेल्ने पोर्चुगल फरवार्ड क्रिस्टियानो रोनाल्डो सबैभन्दा बढी पोर्नहबमा सर्च हुने खेलाडीमा परेका छन् । पोर्न साइटहरुले आफ्नो साइटमा आएर भिजिटरले सबैभन्दा ज्यादा टाइप गर्ने फुटबल खेलाडीको नाम सार्वजनिक गरेका थिए । पोर्न साइटहरुले सार्वजनिक गरेको १५ फुटबल खेलाडीको नाममध्ये १ नम्बरमा फुटबल स्टार रोनाल्डो परेका हुन् ।
इङ्ल्यान्डका पूर्व कप्तान तथा विश्व फुटबलका सुपरस्टार डेभिड बेकह्याम यो सूचिको दोस्रो स्थानमा परेका छन् । बार्सिलोनाका लागि खेल्ने अर्जेन्टिनाका फुटबल स्टार मेसी तेस्रो स्थानमा परेका छन् भने ब्राजिली फुटबल स्टार नेइमार चौथो स्थानमा छन् । म्यानचेस्टर युनाइटेडका तथा इङ्ल्यान्डका कप्तान वायने रुनी पोर्न हबमा खोजिने खेलाडीको सूचिमा सातौं स्थानमा छन् । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया