३० आश्विन २०८३, शुक्रबार

रसियाली राष्ट्रपति पुटिन इरान जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RUSSIA-ATHLETICS-CORRUPTION-DOPING-WADA-OLY-2016-PUTIN

मस्को (रसिया), २७ कात्तिक । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले यही महिनाको अन्त्यमा इरानको भ्रमण गर्नुहुने भएको क्रेमलिनले शुक्रबार जानकारी गराएको छ ।

रसिया तथा इरानले सिरियामा भइरहेको द्वन्द्वमा यहाँका नेता बसार अल असादलाई सघाउँदै आएका छन् ।

पुटिनको इरान भ्रमण तेहरानसँग हालसालै विश्व शक्तिराष्ट्रका प्रतिनिधिको पहलमा आणविक सम्झौतापछि दुई देशबीचको आर्थिक एवम् व्यापारिक सम्बन्ध थप मजबुत पार्नेमा केन्द्रित रहने बताइएको छ ।

सन् २००७ मा तेहरानको भ्रमण गर्नुभएका राष्ट्रपति पुटिनले तेहरानमा हुने ग्यास निर्यात गर्ने मुलुकहरुकोे यहाँ हुने गोष्ठीका नेतृत्व गर्नुहुने क्रेमलिनका उच्च विदेशी नीति विज्ञ युरी उसाकोभले बताउनुभयो ।

इरान भ्रमणको क्रममा इरानका विभिन्न उच्च नेताहरुसँग वार्ता गर्ने पनि जनाइएको छ। रासस/एएफपी