३० आश्विन २०८३, शुक्रबार

‘प्रेम रतन धन पायो’को बम्पर ओपनिङ्ग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-Soonamमुम्बई । विहीबारदेखि प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘प्रेम रतन धन पायो’ले फिल्मी बजारमा बम्पर ओपनिङ गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बक्स अफिसमा तहल्का मच्चाउँदै बलिउड दबंग स्टार सलमान खान र अभिनेत्री सोनम कपुरद्धारा अभिनित फिल्म ‘प्रेम रतन धन पायो’ले प्रदर्शनको पहिलो दिन ४०.३५ करोड रुपैयाँ कमाउन सफल भएको छ ।

अन्य फिल्मजसरी ‘प्रेम रतन धन पायो’को खासै समिक्षा नभएपनि यसले बलिउडको पहिलो दिनको कमाई रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको बताइएको छ । भाइटिकाको अघिल्लो दिन रिलिज भएको फिल्मले शुक्रबार अझै राम्रो व्यापार गरेको बताइएको छ ।

पहिलो दिनको कमाई मात्र हिन्दी संस्करणको हो । तमिल र साउथ को कमाई जोडिन अझै बाँकी छ । फिल्ममा सलमान, सोनमका अलावा अनुपम खेरको पनि मुख्य भुमिका रहेको छ ।