३० आश्विन २०८३, शुक्रबार

कमेडी हिरो बन्ने भए टाइगर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tiger-Shroff

मुम्बई । अहमद खानले आफ्नो नयाँ कमेडी फिल्ममा बलिउडका युवा पुस्ताका चर्चित अभिनेता टाइगर श्राफसँग सम्झौता गरेका छन् । उक्त फिल्मको निर्देशन भने अहमदले नै गर्नेछन् । फिल्ममा टाइगर प्रमुख अभिनेताको भुमिकामा हुनेछन् ।

अहमदले भारतको सरकारी समाचार संस्था पीटीआईसँग भनेका छन्- ‘हामी निर्माता साजिद नाडियाडवालासँग काम गरिरहेका छौं । हामीले टाइगरलाई फिल्मका लागि पहिला नै सम्झौता गरिसकेका छौं । एउटा पटकथा जसमा हामी काम गरिरहेका छौं । यो हल्की फुल्की कमेडी फिल्म हो । लेखक युनूस साजावाल पनि फिल्ममा काम गरिरहेका छन् ।’

समाचार अनुसार यो फिल्म १९९७ मा बलिउडका दबंग स्टार सलमान खानले अभिनय गरेको फिल्म ‘जुड़वा’को सीक्वेल हुनेछ तर, निर्देशक अहमदले भने केही भनेका छैनन् ।

निर्देशक अहमदले फिल्मको शूटिंग माघ महिनादेखि सुरु हुने बताए । २५ वर्षीय युवा अभिनेता टाइगर अहिले एकता कपूर प्रोड्क्शनको फिल्म ‘द फ्लाइंग जट’ र ‘बाघी’मा व्यस्त छन्, जसका निर्माता साजिद हुन् ।

यसअघि अभिनेता टाइगरले हिरोपन्थीबाट बलिउडमा डेब्यू गरेका थिए । उक्त फिल्म निकै चर्चित छ ।